ताजाखबर, काठमाडौँ । करिब ८ सय गीत गाएर चर्चाको शिखरमा रहेका गायक हुन् सपन श्रेष्ठ । उनको तिमी यसै लजायौ, बोलायो बोलायो सानु पोखरेली मायाले,लगायतका गीतहरु अहिले पनि उस्तै चर्चित छन् ।

३ वटा एल्बम निकालेका उनले गायनमा लागेको करिब डेढ वर्षको दौडानमा उनले धेरै संघर्ष र हण्डर खाएर आजको स्थानमा आइपुगेको बताउँछन् । स्टेजमा गाउँदा अत्यन्तै हर्षित महशुस गर्ने बताउँने गायक श्रेष्ठले सुरु सुरुमा धेरै नै डराउने र लजाउने बानी बिस्तारै हट्दै गएको अनुभव सुनाए ।

अनुभव बाँड्दै जाँदा एउटा कार्यक्रममा उत्साहित भएर गाएर स्टेजबाट झर्न नपाउँदै २५ ३० जना केटीहरुले घेरेर अटोग्राफ मागेको त्यो क्षण कहिल्यै पनि नर्बिसिने बताउँछन् । जुन समयमा उनी श्रीमतीसँगै भएका बेला त्यसरी फ्यानहरुले घेरेपछि उनी अप्ठ्यारोमा परेका थिए । थप भिडियोबाट

 

Comments