पछिल्लाे समय अध्यनका लागि बिदेशीने बिद्यार्थीहरूकाे संख्या दिनानुदिन बढ्दै गइरहेकाे छ । भारत , जापान , युकेचाइना, नर्वे, अमेरीका, अष्ट्रेलीया  लगायतका देशहरू  नेपाली बिद्यार्थीहरूकाे राेजाइमा पर्ने गरेकाे छ । पछिल्लाे समय नेपाली बिद्यार्थीहरूका लागि अष्ट्रेलीया मुख्य गन्तव्य रहदै अाइरहेकाे छ । यसै सन्दर्भमा अष्ट्रेलीया स्थित एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसका प्रतिनिधी एवं इटहरी शाखाका डाइरेक्टर प्रशन्न दाहालसंग अष्ट्रेलीयामा रहेका  बिद्यार्थीहरूकाे अवस्था, सेवा सुविधा, साथै त्यहाकाे वस्तुस्थिती समस्या र सामधानका विविध बिषयमा ताजा खबरले गरेकाे कुराकानी:

अाजभाेली केमा ब्यस्त हुनुहुन्छ ? 

पूर्वकाे केन्द्र इटहरीमा नयाँ शाखा स्थापना संगै विविध याेजनाहरू तयार गर्नुका साथै बिद्यालय तथा यस ठाँउकाे वस्तुस्थितसंग परिचय गर्दै छु ।

शाखा  पूर्वाञ्चलकाे अरू जिल्लाहरूमा पनि खाेल्न सकिन्थ्याे नी ? इटहरी चै किन राेज्नुभयाे ? 

यसमा के छ भने इटहरी हालकाे बिकशित शहर हाे । यसलार्इ पूर्वकाे केन्द्र भएर पनि यस क्षेत्रलार्इ नै राेज्नुपरेकाे हाे ।

तपाइकाे संस्था एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस काे मुख्य उद्येश्य चै के हाे ? 

यसकाे मुख्य उद्येश्य भनेकै बिद्यार्थीहरूलार्इ सक्षम बनाएर भिजा सर्भिस संगै शिक्षा प्रदान गर्ने हाे । यहाँका बिद्यार्थीहरू जाे बाहिर गएर अध्यन गर्ने सपना बाेकेका हुन्छन उनिहरूलार्इ दक्ष बनाएर अष्ट्रेलीया लैजाने अनी त्यहा शिक्षा संगसंगै अन्य सेवा सुविधा दिलाउनु हाे ।

बिद्यार्थीहरूलार्इ बाहिर लगेर पढाउने यस्ता संस्थाहरू पछिल्लाे समय च्याउसरी उम्रिएका छन यस विषयमा के भन्नुहुन्छ ?

यसमा के छ भने एक्सपर्ट हामिले अाफैले अाफैलार्इ नै ठुलाे र मेन लिडिङ कन्सलटेन्सीकाे रूपमा लिएका छाै ।अष्ट्रेलीयामा पनि यसले अाफ्नाे बेग्लै पहिचान बनाइसकेकाे अवस्था छ । साेझै भन्नुपर्दा याे अरूकाे देखासिखी गरेकाे भरमा सञ्चालन भएकाे संस्था हाेइन, बुझे र भाेगेर काम गर्दै अाएकाे संस्था हाे । याे अरू भन्दा फरक र पृथक छ ।

तर पछिल्लाे समय कन्सलटेन्सीहरूले बिद्यार्थीहरूलार्इ बाहिर देशमा पढाउने भन्दै अलपत्र पार्ने अनी रकम असुलेर ठगि गर्ने घटनाहरू सार्वजनिक भएका छन् नि ?

राम्रा नराम्रा मानिनसहरू त हरेक व्यवसायमा हुन्छन् नी ? त्यही भएर बाहिर जानु अगाडी त्यस संथाकाे बारेमा बुझेर, बाहिर रहेकाे युनिभर्सिटीहरूका बारेमा जानकारी राखेर मात्र जादा राम्राे हुन्छ ।

नेपाली बिद्यार्थीहरूकाे लागि अमेरिका, अष्ट्रेलीया, जापान  र युके  बिशेष राेजाइमा पर्ने गरेकाे छ, यसका अलवा अष्ट्रेलीयामा अलिक बढी क्रेज छ नी ? यसमा तपार्इलाइ के लाग्छ ?

नेपाली बिद्यार्थीहरू बैदेशिक अध्यापन गर्न जाने देशहरूमध्ये बिश्वकाे तेश्राे ठुलाे देश हाे अष्ट्रेलीया । युके अमेरीका जापान त अली पछाडी नै छ । फेरी सबैभन्दा लेटेस्ट टेक्नाेलाेजी पनि अष्ट्रेलीयामै पाइन्छ । अाफ्नाे इच्छाकाे बिषयहरू त्यहा पढन पाइयाे । अर्काे कुरा बिश्वकै शान्ति मुलुकहरू मध्ये अष्टेलीयापनि पर्ने गरेकाे छ त्यसैले नेपाली बिद्यार्थीहरूलार्इ म चै अष्ट्रेलीया नै जानुपर्छ भनेर प्राेत्साहन गर्छु ।

बिद्यार्थीहरूकाे लागि अष्टेलीया नै किन, अरू देशहरूपनि त छन नी ?

धेरैजनाले एउटै सुप बनायाे भने बिग्रन्छ भन्ने उखान छ नी त्यस्तै हाे । धेरै थरीका देशहरूमा हात हाल्याे भने सबै डामाडाेल हुने गरेकाे हामिले पाएका छाै । हामि अष्ट्रेलीयाकाे बारेमा सम्पूर्ण कुराहरू जान्दछाै र अर्काे कुरा अष्ट्रेलीया एक शान्त र शुरक्षाकाे हिशाबले पनि बलियाे राष्ट्र हाे । त्यहा बिद्यार्थीहरूले अन्य देशकाे तुलानामा अध्यनसंगै सजिलै राेजगारपनि पाउने गरेका छन ।

अष्ट्रेलीया जान एक्सपर्ट नै  किन ?

हाम्राे संस्थाबाट पठाएका विध्यार्थीहरूलार्इ अष्ट्रेलीया  बित्तीकै एयरपाेर्टमा पिकअप गर्ने देखी लिएर खाना बस्न लगायत बैंक अकाउन्ट , बिमा एवम थुप्रै सेवा सुविधाहरू प्रदान गर्दै अाएका छाै । जाे अरू  संस्थाहरूले विरलै गर्ने गर्दछन् ।

तपाइ कुन कुन युनिभर्सिटीहरूसंग मिलेर काम गरिरहनुभएकाे छ ? 

हामी अष्ट्रेलीयाका  Macuary , Australian catholic , Fedearion , Flinders ,charles starues, TAFE, Kaplan Business school, Torrens University  लगायत प्राय सवै युनिभर्सिटीहरूसंग काम गर्ने गरेका छाै । 

तपाइहरूकाे संस्थाबाट हालसम्म कती बिद्यार्थीहरू गएका छन् ?

हालसम्म लगभग १६ हजार बढी बिद्यार्थीहरू पुगेका छन् ।

पछिल्लाे समय पूर्वाञ्चल क्षेत्रमा कन्सलटेन्सीहरू चै च्याउसरी उम्रिएका छन् नी ? 

च्याउसरी उम्रिएका कन्सलटेन्सीहरूलार्इ म के भन्न चाहन्छु भने बिद्यार्थीहरूलार्इ सके सम्म सेवा दिनुस  भाेली बन्द हुनुभन्दा राम्ररी बुझेर जानेर मात्रै याे ब्यवसाय अंगालाै ।

अन्यमा के भन्न चाहनुहुन्छ ? 

अभिभावक तथा बिद्यार्थीहरूलार्इ पनि म याे अनुराेध गर्न चाहन्छु की तपाइहरू पनि भरपर्दाे कन्सलटेन्सीकाे बिषयमा बुझेर मात्रै काम गर्नुहाेस । साथै  बाहिर जानु अगाडी त्यस संस्थाको बारेमा बुझेर, बाहिर रहेकाे युनिभर्सिटीहरूका बारेमा राम्राे जानकारी राखेर मात्र जान अनुराेध गर्दछु ।

Comments