काठमाडौं, २८ चैत-
आज बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । परिषदको आइतबार साँझ बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । कार्की सर्वोच्चकी वरिष्ठ न्यायाधीश हुन् ।
२००९ साल जेठ २५ गते विराटनगर ३ शंकरपुरमा जन्मिएकी कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि अधिवक्ताबाट कानुन सेवामा प्रवेश गरेकी थिईन् ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको उमेर हदका कारण आगामी बैशाख १ गतेदेखि अवकास पाउन लागेपछि नयाँ प्रधानन्यायाधीशको नियुक्ती गर्न लागिएको हो ।
अब संसदीय सुनुवाई समितिमा कार्कीको नाम पेश भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

Comments