बर्लिन (जर्मनी), २९ वैशाख । बर्लिनको एउटा ठूलो व्यापारिक केन्द्रमा बुधबार बिहान लागेको आगो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

बर्लिनस्थित भियतनामी व्यापरिक केन्द्रमा आगो लागेपछि बर्लिनको अग्नी नियन्त्रण विभागबाट अग्नी नियन्त्रक तथा दमकललाई प्रभावित क्षेत्रमा तैनाथ गरेको छ ।

विभागले सहरमा फैलिएको धुवाँको मुस्लोले असर बर्लिनवासीलाई नपरोस् भनी सहरका घर तथा भवनका ढोका बन्द राखी भित्रै रहन सचेत गराएको छ ।

बर्लिनको डोङ सुवान केन्द्रको लिचेनवर्ग इलाकामा लागेको आगो नियन्त्रणमा लिन १५० भन्दा बढी दमकल तथा अन्य आवश्यक गाडी घटनास्थलमा पु¥याइसकेको जनाएको छ ।

करिब सात हजार मिटरमा फैलिएको उक्त व्यापारिक केन्द्रमा कोही फसेको सूचना नभएको बर्लिनका सुरक्षा अधिकारीले बताएका छन् ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण समाचार तयार गर्ने बेलासम्म प्राप्त नभएको अधिकारीले जनाए ।

उक्त केन्द्रमा कपडा, विद्युतीय तथा किराना सामानको भण्डारण रहेको बताइएको छ ।

Comments