ब्राजिल, २९ वैशाख । ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोगको मुद्दा दर्ता हुने भएको छ ।
महाअभियोग मुद्दा दर्ता गर्न सिनेटमा उपस्थित ५० प्रतिशत विधायकको समर्थन प्राप्त हुन जरुरी रहनेछ ।

संसदमा आफूविरुद्ध महाअभियोगको मुद्दा दर्ता हुने लगभग पक्का भएपछि रुसेफका सरकारी वकिलले यहाँको सर्वोच्च अदालतमा अन्तिम अपिलका लागि निवेदन दर्ता गर्नुभएको छ ।

तर अदालतले राष्ट्रपतिविरुद्धको महाअभियोगको मुद्दा दर्ता गर्नु पहिले निवेदनमाथि बहस सुरु गर्ने सम्भावना भने कमै देखिएको छ ।

यदि रुसेफमाथि महाअभियोग मुद्दा दर्ता भएमा उहाँ छ महिनाका लागि पदबाट स्वतः निलम्बनमा पर्नुहुनेछ ।

तर उहाँलाई राष्ट्रपतिबाट हटाउन संसदको दुईतिहाई सदस्यले रुसेफविरुद्ध वा महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेछ ।

महाअभियोगको मुद्दामाथि बुधबार रातीसम्म वा बिहीबार बिहानै मतदान हुने सम्भावना रहेका जनाइएकोे छ ।

Comments