एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो मुलुकको सार्वभौमसत्तामाथि कसैले धावा नबोलेसम्म आणविक हतियार प्रयोग नगरिने बताएका छन् । उत्तर कोरियाले सबैभन्दा पहिला सन् २००६ मा आणविक हतियार परीक्षण गरेको हो ।

उत्तरले लगातार दक्षिण कोरिया र अमेरिकाविरुद्ध आणविक आक्रमण गर्ने धम्की दिँदै आएको छ । तर, किमले हाल प्योङयाङमा जारी वर्कस पार्टीका कंग्रेसलाई सम्बोधन गर्दै पटकपटक आफू सम्भावित दुश्मन मुलुकहरुसँग सम्बन्ध सामान्य पार्न इच्छुक रहेको समेत उल्लेख गरे ।

किमले मिश्रित सन्देश खोजिरहेका बेला मुलुकको आणविक क्षेत्रमा चाहिँ अर्को परीक्षणको तयारी भइरहेको बुझिन्छ । राज्य नियन्त्रण मिडियाका अनुसार किम यतिबेला विश्वासको वातावरण बनाउनका लागि दक्षिण कोरियासँग संवाद अगाडि बढाउन चाहन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Comments