काठमाडौं, वैशाख २३- पछिल्ला ५ वर्षमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ झण्डै ५० प्रतिशतले सस्तिएको छ ।

ठीक ५ वर्षअघि सन् २०११ को मे १ मा नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको सटही दर ७१ रुपैयाँ २५ पैसा थियो ।

बुधबार यो १ सय ६ रुपैयाँ ८६ पैसा पुगेको छ ।

गत आइतबार (१ मे २०१६) मा यो १ सय ६ रुपैयाँ ७१ पैसा थियो ।

यसबीच गत फागुन १६ (फेब्रुअरी २८) मा अमेरिकी मुद्राको विनमयदर १ सय १० रुपैयाँ २८ पैसाको कीर्तिमानी उचाइमा पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments