डोल्पा, २२ वैशाख । डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा आजदेखि सञ्चालन भएको छ ।

वैशाख पहिलो हप्ता डोल्पाको आकासमा देखिएकोे तुवाँलोका कारणले हवाई मार्ग बन्द भएपछि एक हप्तादेखि रोकिएको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । तुवाँलो हटेर मौसम सफा भई हवाई सेवा सञ्चालन भएपछि पर्यटक तथा सर्वसाधारणलाई आवत–जावत गर्न सहज भएको छ ।

आज नेपालगन्जदेखि तारा र काष्ठमण्डप एअरलाइन्सले एक÷एकवटा उडान भरेका थिए ।
आज मात्रै १६ जना यात्रुले नेपालगन्ज उडान गरेको तारा एअरको डोल्पा स्टेसनले जनाएको छ ।

Comments