ताजा खबर मंसिर १० गते। नेपालगञ्जबाट सञ्चालन भैरहेको ताजा मिडियाले अबदेखि टेलिभिजन पनि सञ्चालन गर्ने भएको छ ।
मोफसलमै रहेर लोकप्रिय न्यूज पोर्टल ताजा खबर डटकम सञ्चालन गरिरहेको ताजा मिडियाले आम पाठक तथा दर्शकको ध्यानलाई मध्यनजर गर्दै श्रव्यदृश्य सहितका सामग्रि उत्पादन तथा प्रसारण गर्नेगरी टिभी सञ्चालन गर्न लागेको हो ।
नेपालगञ्जमा प्रधान कार्यालय रहेको ताजा मिडिद्धारा सञ्चालित न्यूज पार्टल इताजाखबर डटकम छोटो समयमै लाखौं पाठकहरुमाझ लोकप्रिय र चर्चित बनिसकेको छ ।
नेपाली समाजमा रहेका विभिन्न क्षेत्रका उदाहरणीय व्यक्तित्वहरुको अन्तर्वार्तासँगै सुरु हुन लागेको ताजा टिभी आउँदो आइतबारबाट प्रशारणमा आउने ताजा मिडियाका सञ्चालक  प्रेम बहादुर बि.क.ले जानकारी दिए । नेपाली कला संस्कृतिलाई प्राथमिकता दिएर कार्यक्रम उत्पादन गरिने उनले बताएका छन् ।

 

Comments