ताजाखबर। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

अन्य राजनीतिक दलका नेताहरूसमेत सहभागी गराएर एमालेकै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधनसम्बन्धी बहसमा ओलीले संविधान संशोधन विधेयक दर्ता गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिए ।

केपी ओलीले जब बोल्न सुरु गरे उपस्थितले तालिका बर्षा नै झारेका थिए । ओलीले बोलेका यी शब्द हेर्नुहोस जसले ३ करोड नेपालीको मन छुने छ:

Comments