मंसिर ९ गते-
नेपाली गीत संगीतको बजारमा पछिल्लो समय चर्चामा रहने नाम हो टंक बुढाथोकी । पछिल्लो समयमा गीत संगीतमा नयाँ नयाँ प्रयोग गरेर दर्शक तथा स्रोतको मन जितेका टंकको बिल्कुलै नया गीत बजारमा आएको छ ।

टंकको ‘हाँसु कसरी माया हाँसु कसरी’ बोलको नया गीतको अडियो बजारमा आएको छ । दर्शक तथा स्रोतको लागि जसले यस गीतको उत्कृस्ट कभर गीत निर्माण गर्छ उस्ले एउटा नयाँ गीतमा स्वर दिनुको साथै नगद रु पच्चिस हजार समेत प्रदान गरिने भएको छ ।

पछिलो समय चलचित्र र आधुनिक थुप्रै हिट दिएका टंक बुढाथोकीले ‘हाँसु कसरी माया हाँसु कसरी’  को गीत बिल्कुलै फरक हुनुको साथै दर्शक तथा स्रोतको मन जित्ने समेत उनको विश्वास रहेको छ ।

पछिल्लो समय कभर गीत निर्माण निकै बढेकोले पनि आफुले यस गीतको कभर गीत गाउने एक जनालाई अर्को नयाँ गीतमा गाउने मौका दिनुको साथै नगद समेत दिन लागेको बताए ।

नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिदै फरक एरेन्जमेन्टमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतलाई टिका राम बुढाथोकीले रचना गरेका हुन् ।

https://www.youtube.com/watch?v=TJExIfJ63NE

 

Comments