मोरङ , २० वैशाख । बरडङ्गा–६ स्थित कुरेलीमा आज अपराह्न पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

छिमेकी सुमित्रादेवी ठाकुरको माछा पाल्ने पोखरीमा डुबेर स्थानीयवासी चन्दन ऋषिदेवका डेढ वर्षीय छोरा विवेकको मृत्यु भएको मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

Comments