लहान, २० बैशाख । सिरहाको इनरुवा–७ स्थित गौचरमा आज बिहान एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

नाम, थर र वतन खुल्न नसकेकी ३२ वर्षीया उक्त महिलाको शबपरीक्षणका लागि उमा स्मारक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक केसीले बताउनुभयो ।

Comments