काठमाडौं, २८ चैत-
भारतले अघोषित नाकाबन्दी गरेका बेला अवैध रुपमा भित्रिएको ठोरीको तेलले राजधानीको ‘प्राण’ धान्यो । इन्धन भित्रिने प्रमुख नाका सुचारु भएपछि भने अहिले यो नाका सुनसान छ । नाकाबन्दीका बेला चम्किएको ठोरीको भने आफ्नै पीडा छ ।

पर्साको सदरमुकाम वीरगन्ज आन्दोलनको केन्द्र बनेका बेला ठोरी नाकाका दिन फिरेका थिए । पेट्रोल र डिजेल लिन काठमाडौं, पोखरा, नेपालगन्जलगायत ३५ भन्दा बढी जिल्लाबाट मोटरसाइकल, जिप, बोलेरो, ट्रक, ट्याक्टर र बस लिएर आउनेको दिनहुँ घुइँचो नै भयो । दैनिक ५ लाख भन्दा बढी मूल्यको तेल भारतको दर्जनभन्दा बढी पम्पबाट ठोरी ल्याइन्थ्यो । ‘उता मधेसमा आन्दोलन जति चर्किन्थ्यो, त्यति हामीलाई फाइदा हुन्थ्यो,’ ठोरी बजारमा तेल ल्याएर बिक्री गरेका एक भारतीय व्यापारीले भने, ‘भारतमा भन्दा राम्रो व्यापार नेपालबाट गरियो ।’

भारत जमुनियामा पेट्रोल पम्प सञ्चाल गर्दै आएका निरञ्जन प्रसाद ९पञ्जियार० का अनुसार मधेस आन्दोलनका क्रममा उनको पेट्रोल पम्पबाट दैनिक ५ हजार ट्यांकर तेल नेपाल निकासी हुन्थ्यो । ‘अहिले घट्यो,’ उनले भने, ‘महिनामा ५ ट्यांकर बिक्री गर्न पनि समस्या छ ।’

उनका अनुसार विगतमा ९० प्रतिशत भन्दा बढी तेल यहीँबाट नेपाल भित्रिन्थ्यो । अहिले सुनसान छ । तेलको दाँजोमा ग्यास भने कम भित्रिन्थ्यो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Comments