काठमाडौं, २८ चैत-
‘फर्म भरेको कति हो, दाइ ?’
‘नयाँको दुई सय । पुरानो सय रुपैयाँ ।’
‘कति महँगो त ?’
‘हाम्रो रेट नै यही हो ।’

यो संवाद अनामनगर लोकसेवा आयोग अगाडि आवेदक र पसलेबीच केही दिनअघि भएको हो । लोकसेवा आयोगले विभिन्न पदको आवेदन फर्म भर्न पछिल्लो समय अनलाइनको व्यवस्था गरेको छ । यो व्यवस्थापछि लोकसेवा दिन चाहनेहरु कार्यालयअगाडि वा विभिन्न साइबरमा फर्म भर्न व्यस्त हुन थालेका छन् ।

लोकसेवाको कार्यालयसँगै आफूलाई चाहिने किताब पनि पाइने भएकाले धेरै उम्मेदवार त्यहीँका पसलमा फर्म भर्न पुग्छन् । मेन रोडबाट कार्यालय गेटसम्म पुग्ने बाटोमा १४ भन्दा धेरै पुस्तक पसलहरु छन् । सबैले आवेदन फर्म भरेको एउटै मूल्य राखेर कार्टेलिङ गरिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Comments