काठमाडौँ, १२ वैशाख । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामाको गिरफ्तारीप्रति विरोध गर्दै सो पार्टीले उहाँको तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ ।

शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाल लगायत कार्यकर्तालाई गिरफ्तारी गरिएको थियो । उहाँहरुलाई हाल तीनकुने प्रहरी वृत्तमा राखिएको छ । छमध्ये दुई जनालाई नियन्त्रणमै राखिएको छ । एक जापानी संस्थासँगको विवादको विषयमा मुद्दा परेपछि उहाँहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

लोकतान्त्रिक मान्यता विपरीत सो गिरफ्तारी भएको जनाउँदै पार्टी उपत्यका ब्युरोका इञ्चार्ज विषमले रिहाइ नभए आन्दोलन गरिने चेतावनी दिनुभयो ।

Comments