रुकुम, १२ बैशाख-
हिन्दू संकारअनुसार कुनै व्यक्तिको मृत्यु भएमा कित उसका छोरा या छोरा नभएमा बाहिरका अन्य कुनै पुरुष सदस्य काजकिरियामा बस्छन् ।

कतिपय समुदायमा महिलाले काजकिरिया गर्ने त परको कुरा, मृत्युपछि शवसमेत छुन नदिने चलन छ । तर, रुकुमकी एक महिलाले भने आफ्नै बुवाआमाको किरिया गरेकी छन् । मुसिकोट नगरपालिका–६ सेरीगाउँकी २१ वर्षीया नितु गौतम आमाको मृत्युपछि किरियामा बसेकी हुन् ।

आमा लक्ष्मी गौतमको यही वैशाख १ गते मृत्यु भएको थियो । नितु ४ जना दिदीबहिनीमध्ये कान्छी हुन् । दाजुभाइ नभएकी नितु यसअघि पनि १६ वर्षको उमेरमा बुवा ओमप्रकाश गौतमको पनि क्रिया बसेकी थिइन् । छोरा नभएका आमाबुवाको काजकिरिया पनि छोरीहरूले पनि गर्न सक्छन र गर्नुपर्छ भन्ने सन्देश दिन आफू किरियामा बसेको उनले बताइन् ।

आमाको किरियामा बसेकी नितुलाई हौसला दिन जिल्लामा क्रियाशील महिला तथा मानवअधिकार क्षेत्रमा काम गर्ने संघ–संस्थाका प्रतिनिधिहरू पुगेका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।

Comments