काठमाडौं, १२ बैशाख-
नेपालमा गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्प गएको एक बर्ष पुगेकै दिन आज एकाबिहानै पनि भूकम्पको धक्का महसुस भएको छ ।
आज राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो धक्का गतबर्षको ठूलो भूकम्पकै पराकम्प हो ।
यससँगै ठूलो भूकम्प गएको एक बर्षको अवधिमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments