काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक ब्यस्त नायिका हुन् प्रियंका कार्की । चलचित्रमा उत्तिकै ब्यस्त रहे पनि यि सुन्दरी आफ्नो कर्म भनेपछि मरिहत्ये गरेुर लाग्छिन् । त्यसैको परिणाम हो उनी अभिनयमा निरन्तर निरन्तर छाइरहन सक्नु ।

ब्यस्तताका बाबजुद पनि उनी फेरी एक पटक अर्को नयाँ भिडियोमा देखिएकी छिन् । गायक कर्णराज गिरीको स्वरमा रहेको ‘ह्याङ बनायौं’ बोलको गीतमा प्रियंकाले मोडल गम्भीर विष्टसँग गोदावरीमा रोमान्स गरेकी छिन् ।

जुन भिडियो हालै सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतका शब्द नारायण बस्नेतका हुन् भने गीतमा विकास चौधरीको संगीत रहेको छ । हरि हुमागाईको छायांकन रहेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

Comments