classic-nfdc

ताजाखबर। चौथो ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट बनेका छन् । उनिहरु अभिनित चलचित्र ‘क्लासिक’ले वर्चश्व जमाएको छ । उसले उत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री र सम्पादक सहित कुल बीस मध्ये चार बिधामा पुरस्कार हात पारेको छ ।

चलचित्र ‘प्रेम गीत’ले भने तीन विधामा पुरस्कार जित्यो । संगीतकार, नृत्य निर्देशक र पार्श्र्व संगीतमा यो चलचित्रले पुरस्कार लियो । त्यस्तै, लोकप्रिय चलचित्र ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र र लेखनमा सफलता पायो ।

अनमोल केसी अभिनित ‘ड्रिम्स’ले सर्वाधिक व्यापारिक चलचित्रमा पुरस्कार पायो भने अनमोल नै लोकप्रिय कलाकार बन्न सफल रहे ।

‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’का विजेताको सुची:
प्रकाश सर्वोत्कृष्ट निर्देशक : दिनेश राउत ‘क्लासिक’
शिव सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल ‘क्लासिक’
भुवन सर्वोत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ ‘क्लासिक’
नीर सर्वोत्कृष्ट सह अभिनेता : कामेश्वर चौरसिया ‘रेशम फिलिली’
वसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : अशिष्मा नकर्मी ‘अधकट्टी’
शिव सर्वोत्कृष्ट नव अभिनेता : शुशिल सिटौला ‘होस्टेल रिटर्न्स’
चैत्य सर्वोत्कृष्ट नव अभिनेत्री : साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ड्रिम्स’
चेतन सर्वोत्कृष्ट लेखन : खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद’
मञ्जु सर्वोत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान र सञ्जय लामा ‘ड्रिम्स’
तुलसी सर्वोत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल ‘क्लासिक’
भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशक : हिमाल केसी ‘भैरव’
प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुद्रण : मुकेश शाह ‘भैरव’
शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिश कार्की ‘प्रेम गीत’
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक : रेनशा वान्तवा राई ‘प्रेम गीत’
उदित सर्वोत्कृष्ट गायन : अञ्जु पन्त ‘सुर्के थैली’ ‘वडा नं ६’
शम्भुजित सर्वोत्कृष्ट संगीतकार : अर्जुन पोखरेल ‘प्रेम गीत’
कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र : ड्रिम्स
मह जुरी पुरस्कार : अनमोल केसी ‘ड्रिम्स’
पुष्कर सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्का : डा.प्रदिप भट्टराई

Comments