vidya-sm_650_091816032148

ताजाखबर। यतिबेला भारतका केहि राज्यमा डेंगू तथा चिकनगुनिया रोगबाट मानिसहरु आपतमा छन् । यो आपतबाट बलीउड पनि जोगिन सकेको छैन ।

‘कहानी २’को शूटिंगमा व्यस्त विद्या बालनलाई पनि डेंगू भएको छ । डाक्टरले उनलाई १०-१५ दिन आराम गर्न सल्लाह दिएका छन् ।

विद्यालाई डेंगू भएपछि शाहिदको घरमा पनि जाँच गरिएको छ । डेंगू इंसपेक्शनमा जुटेको बीएमसी जब एक्टर शाहिद कपूरको घर पुगे उनले घरमा छिर्न रोक लगाए । तर, प्रहरीको सहयोगमा बीएमसी उनको घर इंसपेक्शन गर्न सफल भए । तब, बीएमसीले शाहिद कपूरको घरको स्वि‍मिंग पूलमा डेंगूको लार्भा भेटिए ।

विद्याको घरमा लार्भा भेटिएनन् तर शाहिदकोमा भेटिए । जसको कारण शाहिदलाई १० हजारको जरिवाना परेको छ ।

Comments