miss-bk

ताजाखबर। पहिलो पटक आयोजना भएको ‘मिस बिश्वकर्मा २०१६’को उपाधी चेतकुमारी बिश्वकर्माले चुम्न सफल भएकी छन् । प्रतियोगीतामा फस्ट रनेर अपको उपाधी भावाना लामगादे र सेकेन्ड रनर अपको उपाधी सुजान साह शंकरले हात पार्न सफल भएका छन् ।

क्रियटिभ इनसाइट मिडिया प्रालिको आयोजनामा ‘परिवर्तनको लागि हाम्रो आवाज’ भन्ने मूल मन्त्र सहित ‘मिस विस्वकर्मा २०१६’ राजधानी स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । वन तथा भू संरक्षण मन्त्रि श्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका निर्णायकहरुमा गायक सिताराम पोखरेल, नायक रमेश उप्रेती सञ्चारकर्मी तथा मोडल सरोज केसी, सञ्चारकर्मी गीता अधिकारी र डा. आयुष्मान घिमिरे रहेका थिए भने प्रमुख निर्णयकमा माननिय मिन विश्वकर्मा थिए ।

प्रतियोगितामा मिस वेष्ट वाक मोनिका विश्कर्मा, मिस वेष्ट ड्रेस रिता घतान, मिस पपलुर सर्मिला सुनार, मिस भ्युअर च्वाइस उमा विश्वकर्मा, मिस टयालेन्ट स्वीकृति विश्वकर्मा, मिस फ्रेन्डसीप दीपकरिण लामगादे, मिस वेष्ट स्पिच विनिता विश्वकर्मा मिस विेष्ट स्माल रेस्मा विश्कर्मा, मिस पर्सनालिटिमा विपना रिजाल र मिस पक्चुअलिटिमा दीपा सुनार भएका छन् । कार्यक्रममा साङ्गीतिक प्रस्तुती, नृत्यहरु पनि समावेश गरिएको थियो ।

Comments