काठमाडौं : महावीर पुनले तयार गरेको पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई)को नमुना स्वीकृत भएको छ। कोरोना संक्रमणविरुद्ध चिकित्सकहरु असुरक्षित रहेको नकारात्मक खबरहरुकै बीच सकारात्मक समाचार आएको हो। आजैबाट स्वीकृत नमुनाअनुसार पीपीई सिलाउन सुरु भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचार गर्नका लागि पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) आवश्यक रहने जनाएको भए पनि नेपालमा त्यसको अभाव छ। संक्रमितको उपचार गर्दा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र आइसोलेसन वार्डमा रहने सबैले अनिवार्य पीपीई लगाउनुपर्छ। टाउकोदेखि खुट्टासम्म छोपिने गरी मास्क, गाउन, फेस सिल्ड, जुत्ता लगाउनुपर्छ।बाँकी यो भिडियोमा :

Comments