कोभिड –१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौँस्थित फ्रान्सेली दूतावासले आज पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक काठमाडौंँ लगेको छ । सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो जोखिम न्यूनीकरण गर्न देशभरि लकडाउन गरेपछि यतिबेला विभिन्न देशबाट आएका पर्यटक अलपत्रमा परेका छन् ।

पोखरा र आसपास क्षेत्रमा पदयात्रामा रहेका फ्रान्सेलीलाई दूतावासले परराष्ट्र र गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय पोखरामार्फत पत्राचार गरेर आफ्ना नागरिकलाई काठमाडौँ लैजाने प्रबन्ध मिलाएको हो । अहिले विभिन्न देशले आफ्ना नागरिकको खोजी गर्दै स्वदेश फर्काउने पहल थालेसँगै दूतावासले पनि सो प्रक्रियालाई अगाडि बढाएको हो ।

काठमाडौँस्थित फ्रान्सेली दूताबासले पोखरामा अलपत्र परेका आफ्ना नागरिकलाई काठमाडौँ ल्याउन व्यवस्था गरेपछि बिहीबार विमान चढन लागेका यात्रु । पोखरा विमानस्थलबाट ४ बजे चार्टर विमानमा ५९ विदेशीलाई काठमाडौं ल्याइएको छ । तस्वीरः राधिका कँडेल

पर्यटन प्रहरी पोखरा कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले पोखरामा सम्पर्कमा आएका ती नागरिकलाई पोखरा विमानस्थलमा पु¥याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पोखरा लेकसाइडमा सम्पर्कमा आउनु भएका ५९ जना फ्रेन्च नागरिकलाई पोखरा एयपोर्टसम्म यातायातबाट पु¥याउने व्यवस्था ग¥यौँ ।”

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले मुस्ताङबाट १२१ विदेशी पर्यटकलाई पोखरा पठाएको र सबैभन्दा बढी फ्रान्सका २१ पर्यटक भएको जानकारी दिनुभयो । उहाँले मुस्ताङ र मनाङमा रहेका सबै विदेशी पर्यटकलाई सम्पर्कमा रहनसमेत आग्रह गरिएको र अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको बताउनुभयो ।

काठमाडौँस्थित फ्रान्सेली दूताबासले पोखरामा अलपत्र परेका आफ्ना नागरिकलाई काठमाडौँ ल्याउन व्यवस्था गरेपछि बिहीबार विमान चढन लागेका यात्रु । पोखरा विमानस्थलबाट ४ बजे चार्टर विमानमा ५९ विदेशीलाई काठमाडौं ल्याइएको छ । तस्वीरः राधिका कँडेल

Comments