पोखरा : कास्कीको रूपा गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका एक जनाको निधन भएको छ। १२ दिनअघि भारतबाट आएका ५० वर्षीय विश्‍वबन्धु विकको उपचारका लागि पोखरा ल्याउने क्रममा बुधबार साँझ ५ बजे निधन  भएको हो।

विकलाई चार दिनअघि मात्रै गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो। उनको मुटु र कलेजोलगायतमा समस्या थियो। गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार विक व्यक्ति क्वारेन्टाइनमा डक्टरहरूकै निगरानीमा थिए। विकमा कोरोना भाइरस कोभिड-१९ को लक्षण नभएको डाक्टरलाई उद‌ृत गर्दै अध्यक्ष ओझाले दाबी गरे।

Comments