बाँकेका प्रदेश सभासद कृष्णा केसि ‘नमुना’ले कोभिड १९ रिलिफ फण्डको आज बुधबार घोषणा गर्नुभएको छ । सभासद नमुनाको उक्त अभियानमा राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुस्माखर बस्यालद्वारा १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यस अघि सभासद नमुनाको अभियानमा जोडिदै डाक्टर राजन पाण्डेले समेत ५० हजार घोषणा गरिसक्नु भएको छ ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सभासद नमुनाले आफुले ब्यक्तिगत ५० हजार जम्मा गरेर सो रिलिफ फण्डको सुरुवात गरेको बताउनुभएको छ ।

सभासद नमुनाद्वारा सुरु गरिएको रिलिफ फण्डले कोरोना भाइरसको कारण लकडाउन गर्नु परेको र त्यसबाट दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने समुदायलाई परेको असरमा काम गर्ने बताउनुभएको छ ।

सभासद नमुनाले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै तल पढ्नुहोस :

काेभिड -19 भन्ने भाइरल राेगबाट बिश्वभरि फैलिएकाे प्रकाेप बाट हाम्रो देश नेपाल र हामी नेपाली पनि अछुताे रहेनाै । याे प्रकाेपबाट स्वास्थ्य क्षेत्र त प्रभाबित छदैछ । यस्ले दैनिक ज्यालादारी,मज्दुरी गरि जिबिका धान्ने वर्गहरुकाे एक छाक खाने अबस्था गुम्ने भएकाे छ । विशुद्द मानवताकाे कर्तब्य बाेध भइ बांके जिल्लामा याे लकडाउनकाे परिस्थितिमा सृजित अबस्थालाइ केहि राहत स्वरुप हाम्रो तर्फबाट प्रयासहरु ” Covid -19 Relief Fund,Banke”अाजैका मितिवाट शुरू गरेका छाै । याे Fund माथि उल्लेख गरेका लक्षित वर्गलाई अति अावस्यकीय खाध्यान जुटाउन खर्च गरिनेछ । यस्काे सवै हिसाव किताव सार्वजनिक गरिनेछ । मैले मेराे तर्फवाट रू पचास हजार (५०,०००) अाजै जम्मा गरें । अाउनुहाेस याे विश्व संकटकाे घडिमा हात्तेमालाे गरि अाफु पनि बाचाै, अरुलाइ पनि बचाउ ।

Comments