काठमाडौं-लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएकी भगवती रानाभाट डिस्चार्ज भएकी छन् । कोभिड९१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी थिइन् ।

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी उनि डिस्चार्ज भएकी हुन् । , गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले समात्यो।

छोरी फर्मासिस्ट भएकाले सिटामोल र आइबुप्रोफिन लिन सुझाइन्।अस्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् ।

औषधिले निको नभएपछि गत १८ तारिख बुधबार हस्पिटल गएर एक्सरे गरेपछि एन्टिकायोटिक लिइरहेकी उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताललगिएको थियो । उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा छन्। अहिले भगवती डिस्चार्ज भएकी छन् ।

केहि दिन अघि उनले अस्पतालको बेडबाट आफु कोरना लागेर उपचार गरेको बताएकी थिइन् ।

Comments