सिड्नी । गोरखा घर भई हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएका मिलन गुरुङको निधन भएको हो । हिजो मंगलबार बिहान ४ बजेतिर स्टार्थ फिल्ड स्टेशनमा उनलाई मृ’त अवस्थामा प्रहरीले फेला पारेको थियो । न्यूसाउथ वेल्स (एनएसडब्लु) प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ट्रेन स्टेशन तथा रेलको सीसीटीभी बरामद भएको तथा मृ’तकको फोनको अध्ययनपछि मात्र मृ”त्युको कारण खुल्न सक्ने बताइएको छ ।

सोमबार राति साथीभाइसँग सिड्नीको अबर्नमा रहेका गुरुङ बिहान ४ बजेतिर सुत्नका लागि आफ्नो घरतर्फ जाने क्रममा उक्त दुर्घटना भएको जानकारी दिइएको छ । बताइएअनुसार अबर्नमा मिलन गुरुङसहित पाँच जना साथीभाइ अबेरसम्म खानपिन तथा रमाइलो गरी बसेका थिए ।

ट्रेनको लिकमा हा’म्फा’लेर उनले आ’त्मह’त्या गरेको शंका गरिएको छ । घटना थाहा पाएपछि उनका साथीभाइहरू स्टेशन पुगेका थिए । कुनै पनि हालतमा मिलनले आ’त्म’ह’त्या गर्न नसक्ने दाबी उनका साथीभाइले गरेका छन् । उनी ढलेको स्थानभन्दा टाढा उनको फोन भेटिनु, साथीभाइसँग रमाइलो गरी सुत्नका लागि घर हिँडेका उनी ट्रेनको लिकमा मृ’त अवस्थामा भेटिएका कारण घटना रहस्यमय बनेको छ । राजधानी दैनिकमा यो खबर छ

Comments