काठमाडौं, ६ चैत । राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले न्युज २४ मा दिएको एउटा अन्तरवार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले अन्तरवार्ता लिने पत्रकारसंग प्रश्नका विषयमा विवाद भएपछि बिचैमा अन्तरवार्ता छोडेर हिडेका छन् । भर्खरै तीन पार्टी मिलेर एक भएको राप्रपाका तीन अध्यक्ष मध्य एक अध्यक्ष थापा हिन्दूराष्ट्र र राजाका विषयमा सोधिएको प्रश्नमा जवाफ दिने क्रममा विवाद भएपछि विचैमा छोडेर हिडेका हुन् ।

उनले आफुलाई प्रश्नको पुरा जवाफ दिन नपाई पत्रकारले बिचैमा रोकेको भन्दै रिसाएका थिए । प्रश्न सोध्ने मान्छेले त्यसको जवाफ सुन्ने धैर्यता नभएको भन्दै उनले अबका प्रश्नको जवाफ नदिने भन्दै रिसाएका थिए । अन्तरवार्ता नसकिदै तपाईको प्रश्नको जवाफ दिन सक्दिन अब अन्तरवार्ता विचैमा रोक्नुस भनेका छन् ।

न्युज २४ टेलिभिजनको ‘टू द प्वाइन्ट’मा कार्यक्रम प्रस्तोता राजु थापासँग उनको यस्तो विवाद भएको हो । प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग निर्मम तरिकाले राजसंस्था र हिन्दूराष्ट्रका विषयमा प्रश्नहरू सोधेका थिए । उनले हिन्दु राष्ट्र भनेर संविधानमा उल्लेख हुँदा र अहिले नहुँदा हुने फरकका विषयमा प्रश्न गरेका थिए । उनले राखेको प्रश्नके जवाफ दिँदै गर्दा राजुले विचैमा प्रतिप्रश्न गरेपछि कमल थापा रिसाएका हुन् ।

ती प्रश्नहरूको जवाफ दिन असहज मानिरहेका कमल थापाले प्रस्तोता राजुलाई पूर्वाग्रही भएर प्रश्न सोधेको भन्दै आक्रोश पोखे । कमल थापाले अन्तिममा अन्तर्वार्ता नै नदिएर स्टुडियोबाट हिँडेका छन् ।

कमल थापाले प्रस्तोता राजु थापाको शैलीको आलोचना गरेका छन् । उनले राजु थापालाई आफूसँग अन्तर्वार्ता लिने हैसियत नराख्ने भन्दै टिप्पणी गरेका छन् । उनले यस अघि पनि आफुले थुप्रै पटक राजु थापालाई अन्तरवार्ता दिएको भएपनि आजको अन्तरवार्तामा तपाई पुर्वाग्रही देखिनुभयो, यसले मलाई आश्चर्यचकित पारेको छ उनले भनेक छन् ।

नेपाल टेलिभिजनमा उनै राजु थापाले तत्कालीन सञ्चार तथा सूचना प्रविधिविमन्त्री गोकुल बास्कोटालाई सम्पत्तिसम्बन्धी प्रश्न सोधेका कारण कार्यक्रमबाट हातधुनु परेको थियो । सञ्चारमन्त्री गोकुललाई उनले सम्पत्तीको कागजात हातमा राखेर प्रश्न गरेका थिए । कार्यक्रममा नाजवाफ भएका बाँस्कोटाले उनलाई टेलिभिजनवाट निकालिदिएका थिए । उनी थापासंग कमल थापाको अन्तरवार्ताका क्रममा विवाद परेको हो ।

 

Comments