काठमाडौ, ३ चैत । कोरोना भाइरसको हल्लाको फाइदा उठाउँदै कालोवजारी गर्नेहरु वि रु द्ध प्रहरीले अप्रेशन सुरु गरेको छ । प्रहरीले अप्रेशनका क्रममा आइतवार मात्र काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब १० लाख मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कालोवजारी गर्दै लुकाएका करिब १० लाख थान माक्स वरामद गरेको हो ।

भएको माक्स लुकाएर वजारमा अभाव सिर्जना गर्ने र बढी मुल्यमा बेच्ने ब्यापारीका माक्स वरामद गरिएको हो । कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको प्रहरीले जनाएको छ ।

कपनको मिलनचोकबाट ३५ कार्टुन मास्क बरामद गरिएको हो। ३५ कार्टुनमा १ लाख ६८ वटा मास्क रहेका थिए। प्रहरीले कपनबाट अजिम बक्स मियाँ, प्लाष्टिक सप्लायर सञ्जनकुमार रेग्मी, सुरज गोयल, भारतिय नागरिक सुभाष महेश्वरीलाई नि यन्त्र ण मा लिएको हो। ुउनीहरुले लुकाएर बढी मूल्यमा मास्क बेचको पाइएकाले नि य न्त्रण मा लिएका हौं। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

करिव ३ रुपैयाँ पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न बेचिरहेको सूचना प्रहरीले पाएको थियो । त्यसैको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै प्रहरीले सतुंगलमा रहेको एक गोदाममा पनि छापा मारेको थियो। विष्णुदेवी गोदामबाट प्रहरीले १२० कार्टुन मास्क बरामद गरेको हो। कार्टुनमा ६ लाख भन्दाबढी मास्क रहेको प्रहरीले जानकारी दिएको छ।

शनिवार मात्र प्रहरीले डल्लुबाट ७८ हजार मास्क नियन्त्रणमा लिएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको कारण देशभर मास्कको अभाव छ। सरकारले अभाव सिर्जना गर्ने व्यापारी तथा अन्य व्यक्तिलाई कानुनी दायरमा ल्याउन निर्देशन दिइसकेको छ।

बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई प क्रा उ गरेर सतुङ्गलमा रहेको गोदाम सि ल गरेको जानकारी दिए ।

सि ल गरिएको गोदामबाट आइतबार र सोमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताए । मास्कसहित प क्रा उ परेकालाई कालोबजारी ऐनअन्तर्गत का र बा ही गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने डीएसपी बोगटीको भनाइ छ ।

Comments