काठमाडौं : बालाजुमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको निधन भएको छ । गंगाहल अगाडि भएको दु र्घ टनामा ज्या न गुमाउनेमा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ रहेका छन् । यस्तै मोटरसाइकलमा सवार गम्भीर घा इते नुवाकोट ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको छ ।

बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल राति सवा ११ बजे आपसमा ठो क्कि एको महानगरीय ट्राफिक प्रहरी महाशाखा माछापोखरीले जनाएको छ ।

 

दु र्घ ट नामा ग म्भीर घा इते भएका चालक ककनी गाउँपालिका साबिक मदानपुर-८ घर भएका २२ वर्षीय निखिल तामाङ र रुपेश तामाङको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ ।

ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।

Comments