काठमाडौं, १३ फागुन । एक जना प्रधानअध्यापकले अभिभावकको रिस फेर्न विद्यार्थीलाई विद्यालयवाट निकालिदिएकी छन् । यो घ टना बागलुङको हो । ढोरपाटन नगरपालिका– ४ धिरीस्थित श्री धिरी आधारभूत विद्यालयकी प्रधानअध्यापक मनदेवी बुढाथोकीले कक्षा ८ मा पढ्ने विद्यार्थी जगन छन्त्याललाई विद्यालयवाट निष्काशन गरिदिएकी हुन् । उनको छत्यालका अभिभावकसंग झगडा परेको थियो । उनले बालकलाई अनुशासनहीन काम गरेको आ रोप लगाएकी छन् । प्रधाअध्यापकले यस्तो आ रोप लगाएपछि जगन असोज १ गतेवाट विद्यालय गएका छैनन् ।

त्यसयता अभिभावको पटक पटकको आग्रह, ढोरपाटन नगरपालिका र जिल्ला शिक्षा समन्वय शाखा बागलुङको निर्देशन पछि पनि उनले जगनलाई विद्यालय आउन दिएकी छैनन् । ब्यक्तिगत रिसिइविका कारण एक बालकको पढ्न पाउने अधिकार खोसिएको छ । उनको भविष्य अन्यौलमा परेको छ ।

विद्यार्थीका बुबा इन्द्रमान छन्त्यालले आफ्नो छोराको भविष्य विग्रिएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनले प्रअ र वडाअध्यक्ष तिलक पुनसँग आफ्नो सामान्य मनमुटाव रहेका कारण विद्यार्थीमाथि अन्याय गरिएको दु खेसो पोखेका छन्।

बच्चाले लामो कपाल पालेको र काँटा लगाएको आरोपमा प्रधानअध्यापकले आफुलाई ६ महिना अघि विद्यालयबाट निस्काशन गरिएको बालकले गुनासो गरेका छन् । प्रधानअध्यापकले बालकलाई पाइपले कु टे को पनि अभिभावकले दावी गरेका छन् । प्रअ बुढाथोकीले भने विद्यालयबाट बच्चालाई निष्कासित नगरिएको दाबी गरिन्। बच्चाले अनुशासनहीन काम गरेकाले सम्झाइबुझाई गरेको तर बच्चा आफैँ विद्यालय नआएको बताएकी छन् ।

Comments