पोखरा । पोखराको फेवातालमा हेर्दाहेर्दै काठमो डुंगा डुवेको छ । काठमाडौंवाट पोखरा घुम्न गएका तीन जना बसेको काठमो डुंगा डुवेर तीन जना पानीमा परेका हुन् । जसमध्ये एक जना वे पत्ता भएका छन् भने दुई जनाको उद्दार गरिएको छ । उनीहरुको पुरा परिचय भने खुल्न सकेको छैन । फेवातालमा आपतकालिन उद्दारमा सहयोग गर्दै आएकाहरुले उनीहरुले मा दक प दार्थ समेत खाएको बताएका छन् । लाइफ ज्याकेट समेत नलगाएर काठको डुंगामा चढेर गएका उनीहरु पर पुगेपछि ‘बचाउ’ भनेर चिच्याएपछि स्थानिय बचाउन गएका थिए । तर त्यतीन्जेल सबै जना डुवीसकेका थिए ।

‘रेस्क्य टिम’मा रहेका उनीहरुले देखे अनुसार डुंगा पानीमा डुवीसकेको थियो भने उनीहरु पानीमा क राई रहेका थिए । काठको डुंगा आफै नडुब्ने बताउँदै डुंगामा यात्रा गर्नेहरुको पनि केही कमजोरी भएको हुनसक्ने बताएका छन् । मा तेको अवस्थामा रहेका उनीहरु काठमो डुंगाको बारमा बसेर रमाइलो गरिरहेको देखिएको स्थानियले बताएका छन् । बारमा बसेका कारण डुंगाको ब्यालेन्स विग्रिएर प ल्टि एको हुनसक्ने स्थानियको भनाई छ ।

उद्यार गरेपछि बाहिर निस्केकाहरुले भने अनुसार एक जना साथी डुंगावाट पानीमा खसे । उनलाई बचाउन अरु दुई पनि पानीमा गए । तर एक जनाले एक जनालाई मात्र बचाउन सके एक जना अझै पनि पानीमा हराइरहको छन् । उनीहरु आफै डुंगा चलाएर गएका थिए । पानीमा डुवेपछि दुई जना पौडी खेलीरहेका थिए तर अर्का भने देखिएनन् । पौडी खेलीरहेकाहरुलाई उद्यारमा खटिने सुरक्षाकर्मीले बचाएका हुन् । पोखरामा वर्षेनी यस्ता घ टना हुने गरेका छन् । बचाउन जाने स्थानिय युवाहरुसंग पनि आवश्यक पुर्वाधार छैन । लाइफ ज्याकेट समेत नभएका स्थानिय युवाहरुले वर्षेनी यस्ता घ टना हुने गरेको बताएका छन् । स्थानियले टाढावाट हेर्दा हेर्दै उनीहरु पानीमा खसे । बचाउन जाँदा सम्म एक जना हराइसकेका थिए ।

Comments