काठमाडौं । जंगवहादुर थिन केही वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदी गए । श्रीमतीलाई खुसी बनाउँछु, बालबच्चाको भविष्य बनाउँछु भनेर विदेश गएका श्रीमानलाई पर्खेर बसेकी यि महिला अहिले धोका भयो भन्दै मिडियामा आएकी छन् । विदेश गएका श्रीमानले फिलोपिने महिला लिएर साउदीमै सबेपछि उनको नेपालमा बिचल्ली भएको हो । श्रीमानले न समयमा पैसा पठाउने न त राम्रो ब्यवहार गर्ने उनको माया पर्खेर बसेकी उनलाई यस्तो धोका भएपछि उनी बाध्य भएर मिडियामा आउन परेको बताएकी छन् ।

अहिले श्रीमतीलाई सम्बन्ध विच्छेद गर्न उनले साउदीवाट फोन गरेर दवाव दिइरहेका छन् । श्रीमतीलाई खान र बस्न अनि छोराछोरी पढाउन पैसा नपठाएपछि ऋण खोजेर बसेकी उनलाई अहिले आर्थिक समस्याले पिरोलेको छ । उनले लागेको ऋण तिरिदेउ म सम्बन्ध विच्छेद गर्न तयार छु भनेर श्रीमतीले भन्दा ऋण तिर्न सक्दिन भनेर जवाफ दिएका छन् । उनले अब श्रीमान अर्कै लिएर हिडेपछि छोराछोरीको भविष्यको चिन्ताले उनलाई पिरोलेको छ । उनले आफ्नो ब्यवस्था नहुँदा सम्म सम्बन्ध विच्छेद गर्न नसक्ने बताएकी छन् । तर श्रीमानले भने बारम्बार सम्बन्ध विच्छेद गर भनेर दवाव दिने गरेका छन् ।

जिवनभर साथ दिन्छु भनेर अग्नी साक्षी राखेर विवाह गरेको श्रीमानले विदेशवाट सम्बन्ध विच्छेद गर भन्दै धम्की दिएपछि उनले आँशुको धारा पिएर बसेकी छन् । श्रीमती मिडियामा आएपछि झन बेइज्जत गरेको भन्दै धम्की समेत दिने गरेको उनले बताएकी छन् । उनले छोराछोरी पढाउँदा ७ लाख ऋण लागेको बताएकी छन् ।

निकै वर्ष देखि सम्पर्क विहिन रहेर बसेका उनले श्रीमती मिडियामा आएपछि भने फोन सम्पर्कमा आएकी हुन् । उनले मिडिया सामु एक लाख रुपैया दिन्छु भनेर वाचा गरेका थिए । मिडियामा गरेको बाचा अनुसार उनले पठाएको एक लाख रुपैया देखेर छोरा निकै खुसी भएका थिए । छोराले ममी यति धेरै पैसा त मैले कहिल्यै देखेको थिएन भन्दा मन भक्कानिएको बताइन् । उनले आफुलाई छोडेर गएको श्रीमानलाई जबरजस्ती आफ्नो बनाए पनि अब माया नपाउने भएकाले ऋण तिरिदिने र छोराछोरीको जिम्मेवारी लिइदिएपछि आफु सम्बन्ध विच्छेदमा जान राजी भएको बताएकी छन् ।

Comments