काठमाडौं, १२ फागुन । नायीका आँचल शर्माले विवाह गरेकी छन् । उनले चितवन निवासी डा उदीप श्रेष्ठसंग लगनगाँठो कसेकी हुन् । उनी पछिल्लो समयकी चर्चित नायिका हुन् । काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा सोमबार अपरान्ह उनीहरुले औंठी साटासाट गरेर एकअर्कालाई जीवन साथीका रुपमा अपनाएका हुन् ।

नायिका आँचलकाअनुसार सोमबार उनीहरुको इन्गेजमेन्ट भएको हो । तर, निमन्त्रणा कार्डमा भने शुभविवाहको लागि वरवधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ । आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् ।

केही समय अघि शर्मा अर्का चर्चित नायक पल शाहसँग प्रेमामा रहेको हल्ला चलेको थियो । तर, शर्माले शाहसँग प्रेम सम्बन्ध नभएको बताउदै आएकी थिइन् । श्रेष्ठसँगको प्रेम सम्बन्ध बाहिरिएसँगै शाहलाई धोका दिएको भन्दै केही फ्यानहरु शर्मासँग रिसाएका थिए । अन्त्यमा शर्मा र श्रेष्ठले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका छन् ।

Comments