काठमाडौं । नेपाल आर्मीका १५ वर्ष काम गरेका एक युवकको श्रीमती सम्पत्ती समेत लिएर भागेपछि अहिले जागिरमा विदा लिएर श्रीमती खोज्न हिडेका छन् । १२ वर्ष अघि विवाह गरेकी श्रीमती हराएपछि उनी चिन्तित भएका छन् । उनी नेपाली सेनामा रहेर जुम्लामा कार्यरत थिए । अहिले उनी श्रीमती खोज्दै काठमाडौं आइपुगेका छन् । नेपाल आर्मीमा सेवा गरेर कमाएको करिब ३५ लाख रुपैया हिनामिना गरेर हिडेपछि समस्यामा परेँ भनेर उनी मिडिया गुहार्न पुगेका छन् ।

उनका दुई छोराछोरी छन् । ताप्लेजुंगका यि युवकको श्रीमती चार महिना देखि हराए पछि खोजिमा जुटेका छन् । नेपाल आर्मीमा रहेर जुम्लामा पोष्टिगं रहेका उनी अहिले श्रीमती खोज्न ताप्लेजुगं पुगेर फेरी काठमाडौं आएका हुन् ।

श्रीमती देन्जीमाया गुरुगं खोज्नका लागि जागिर छोडेर उनी काठमाडौं आएका उनी संकास्पद स्थानको खोजिमा छन् । उनको दिदी नाता पर्नेहरुकोमा गएर बसेको उनको दावी छ । त्यो घरमा जाँदा भने उनको श्रीमती फेला परेनन् । उनको श्रीमतीलाई आश्रय दिएको र घरमै लगेर दिदीले राखेको बताएका उनी दिदीकोमा जाँदा श्रीमती भने फेला परिनन् । नेपाल प्रहरीलाई खबर गर्दा प्रहरीले कल डिटेल जाँच गर्दा मोवाइल अफ भएको देखायो ।

त्यो भन्दा अघि धेरै मानिससंग सम्पर्क गरेको देखिएको उनले बताए । श्रीमतीले नयाँ सिम प्रयोग गरेको पनि नदेखिएपछि कता खोज्ने भन्ने कुनै संकेत नदेखिएको उनले बताए । उनले आफ्नो श्रीमतीलाई कसैसंग बोलेको र कुराकानी समेत गरेको नदेखेका बताए । घरमा आउँदा आफुहरुले मोवाइल साटेर पनि प्रयोग गर्ने गरेको । उनले आफ्नो बुवाआमालाई भन्दा बढी विश्वास गरेर राखेको बताए ।

छोरा ८ वर्ष र छोरी ४ वर्षकी रहेको बताए । अहिले उनीहरु झापा स्थित आफ्ना परिवारसंग रहेको बताए । नेपाली सेनामा जागिर गरेर १५ वर्ष सम्म कमाएको पैसाले जग्गा जमिन पनि श्रीमतीको नामनै किनेको उनले बताए । श्रीमती आफ्नो नातेदार समेत परेका कारण पनि निकै विश्वास गर्ने गरेको बताए । कात्तिक २० गते मोवाइलमा कुराकानी भएको र त्यसपछि हराएको बताए । उनी त्यतीबेला श्रीमती काठमाडौंमै बस्थिन् । उनले अब तिमी घर गएर बस म पनि घरमै आउँछु भनेर भने । त्यसको पर्सीपल्पट देखी मोवाइल अफ भएको बताए

Comments