काठमाडौं । निवर्तमान गोकुल बाँस्कोटाले घुस माग्दै गरेको अडियो सार्वजनिक भएपछि आफ्नो ठाउँकै इज्जतमा दाग लागेको भन्दै बालकोटवासी रुष्ट भएका छन् । उनीहरुले बाल्कोटलाई भ्रष्टाचार गर्नेहरुको अखडा भनेर चिनिन थालेको भन्दै रोष ब्यक्त गरेका छन् । भर्खर आफुलाई काभ्रेवाट आएको बताउने एक महिलाले आफुहरुले दिएको भोट खेर गएको महशुष आफुले गरेको बताएकी छन् । बालकोटका स्थानिय बासीन्दाले बाल्कोटमा बस्न आउने र उनीहरुले गरेको अनैतिक कृयाकलापका कारण आफुहरुको ठाउँ नै दुषीत भएको प्रतिकृया दिए ।

तत्कालिन गोकुल बाँस्कोटा प्रधानमन्त्री केपीशर्मा ओली निवास बाल्कोटमा बस्दै आएका थिए । उनलाई प्रधानमन्त्रीले आफ्नो निवासको जिम्मा लगाएका थिए । प्रधानमन्त्री भएपछि ओली वालुवाटार वस्न थालेपछि उनले आफ्नो खाली भएको घरमा बाँस्कोटालाई राखेका हुन् । ओलीको विश्वास पात्र मानिने बाँस्कोटालाई उनले सन्तानकै जस्तो माया गर्थे भन्ने कुरा नेकपाका अन्य नेताले बताएका छन् । आफुहरु प्रधानमन्त्रीको निवासको वरपर बस्ने भएपनि विकासको पनि त्यस्तो फरक अनुभव गर्न नपाएको बताए । बाटोको अवस्था उस्तै हो, प्रधानमन्त्रीको निवास भएको ठाउँ भनेर के गर्नु ? उनले भने । बाँस्कोटाले गरेको गल्तीको सजाय भने उनले पाउनुपर्ने स्थानियको भनाई छ ।

भ्रष्टाचार विरुद्धको अभियान भन्दै ज्ञानेन्द्र शाहीको समुहमा रहेर सकृय महिलाले आफुहरुले अब अजयबावु सिवाकोटीको कामलाई सहयोग गर्ने बताइन् । उनले अजयलाई सम्मान गर्दै बाँस्कोटालाई कारवाही गर्नुपर्ने माग राखेकी छन् । ज्ञानेन्द्र शाहीसंग आफुहरुले मिलेर थालेको अभियान सफल भएको उदाहरणलाई पनि बाँस्कोटाको पर्दाफासलाई लिनुपर्ने उनको तर्क छ । उनले संचारमन्त्री भएर बाँस्कोटाले ल्याउन लागेको मिडिया नियन्त्रणमुखी नीतिका कारण पनि उनले कसैको साथ नपाएको बताइन् । उहाँले ल्याएको नियन्त्रणमुखी नीति नै कसैलाई मन परेको थिएन । प्रधानमन्त्रीको पृय पात्र भएका कारण मात्र उहाँ सरकारमा हुनुहुन्थ्यो, ति महिलले भनिन् ।

Comments