चितवन । चितवनको रत्ननगर पालिका बस्ने वर्षा १८ कि सुस्मिता भोलन अहिले भरतपुर सरकारी अस्पतालको बेडमा रहेकी छिन। उनको १८ बर्षको कलिलो उमेरमै दुई वटै मिर्गौला खराब भए पछि बिगत १९ दिन देखि सरकारी अस्पतालको बेडमा छटपटाइरहेकी छिन। उनको घरको अवस्ता निकै कमजोर भएको कारण र डाक्टरले तत्कालै मिर्गौला फेर्न पर्ने भने पछी अहिले उनको मोडेल बन्ने सपनामा पूर्ण बिराम लाग्ने त हैन भन्दै आफन्तले सहयोगको आशा गरेका छन।

नेपालमा यस अघि पनि बिभिन्न दुखि पिडितको लागि देश तथा बिदेशमा रहेका सबै नेपालीले एक जुट भएर सहयोग रकम जम्मा गरेर उपचारमा सहयोग पुर्याउदै आएका छन। त्यस्तै सुस्मिताको उपचारको लागि पनि आफन्तले केहि सहयोगको आशा गर्दै आज भरतपुर अस्पतालमै केहि मिडिया कर्मीलाई आग्रह गर्नुभएको थियो।

लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा सुस्मिताको लागि सहयोग गरेर उनको जीवन बचाईदिन सबै नेपालीले सहयोग गर्न सक्नु हुनेछ। त्यसको लागि प्रभु बैंकको खाता नम्बरमा सिधै सहयोग गर्न सक्नुहुनेछ। थप विवरण तल दिईएको छ।

सुकमाया भोलन, प्रभु बैंक खाता नं ०१७१०७०१६२६२३००००००१ सम्पर्क ९८१२२२८९०६

Comments