पृथ्वीराजमार्गअन्तर्गत तनहँुको व्यास नगरपालिका–१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको निधन भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको निधन भएको हो ।

मृ’तक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पाङ्ग्राले कि’चेको थियो । घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै पोखरामा साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको निधन भएको छ भने तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने वर्ष २१ का जमुना क्षेत्रीको घटनास्थलमै ज्या’न गएको प्रहरीले जनाएको छ ।

घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २१ का बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाको छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो । क्षेत्रीको श’व परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाइ थियो । दुर्घटनालगत्तै घाइतेलाई स्थानीयवासीले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पु¥याएका थिए ।

Comments