बीबीसी । नियमानुसार पशुपतिनाथ मन्दिर परिसरभित्र तस्बिर खिच्न पाइँदैन। उक्त तस्बिर पशुपति क्षेत्र विकास कोषका एक नवनियुक्त पदाधिकारी पनि सदस्य रहेको एउटा ह्वाट्सएप समूहमा प्रसार गरिएपछि कतिपयले उनलाई पशुपतिनाथको गरिमा घटाएको आरोप लगाएका छन्।कोषका सदस्य अर्जुनप्रसाद बास्तोलाले आफूमाथि लागेको आरोपको खण्डन गर्दै ूआफूलाई बदनाम गर्न केही व्यक्तिहरूले चरित्रहत्या गर्न खोजेकोू दाबी गरेका छन्।
विवाद के होरु

गत साता ूपशुपति सन्त सम्मेलनू नामक एउटा ह्वाट्सएप समूहमा पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर पठाइपछि विवाद सुरु भएको जानकारहरू बताउँछन्।
उनीहरूका अनुसार उक्त समूहमा पशुपतिनाथ मन्दिर र धार्मिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू रहेका छन्। त्यो तस्बिर उक्त समूहमा रहेका व्यक्तिहरूले देखेपछि कतिपयले निषेधित क्षेत्रभित्र तस्बिर खिचेर गुह्य साधना गरिने स्थलको अनादर गरेको भन्दै आपत्ति जनाएका थिए।

अझ उक्त समूहको एड्मिन का रूपमा कोषमा सदस्यमा हालै नियुक्त भएका अर्जुनप्रसाद बास्तोला रहेको देखिएपछि धेरैले उनैले तस्बिर खिचेर सार्वजनिक गरेको ठाने।
गत शनिवार देशसञ्चार डट कमले ‘पशुपतिका मूलीहरूद्वारा नै पशुपतिको अपमान’ शीर्षकमा बास्तोलालाई जोडेर समाचार प्रकाशित गरेपछि यो विषयमा पशुपतिनाथसँग सम्बन्धित व्यक्तिहरूबीच थप चर्चा हुन थालेको थियो।

यस्ता घटनाबारे पहिले पनि सूचना आएकाले अब चाँडै पशुपति मन्दिरमा प्रवेश गर्नेहरूलाई भित्र मोबाइललगायत विद्युतीय उपकरण लान नदिने व्यवस्था गर्न लागिएको कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए। उनले भने, हामीले अहिले जुत्ताचप्पलका साथै अन्य सामग्री राख्नका लागि झन्डै एक हजारजति लकर चलाइसकेका छौँ। अब हामी थप बढाउँदैछौँ। त्यसका साथै हामीले अन्य सुरक्षा उपकरणहरू पनि जडान गर्दैछौँ। सबै पूर्वाधार तयार गरेर हामी आगामी तीन महिनाभित्र विद्युतीय उपकरण लान नपाउने व्यवस्था गरिसक्छौँ।

Comments