एजेन्सी । पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागार पनि कोरोना भाइरसको सं क्र मण देखिएको छ । कारागारमा रहेका दुई सय कै दीमा सं क्र मण देखिएको छ । सेन्डङ प्रान्तीय सरकारका अनुसार स्थानीय रेन्चेङ कारागारमा रहेका २ हजार ७७ कैदीको नमुना परीक्षण गरिएकामा २ सय जनामा कोरोनाभाइरस सं क्र मण पाइएको हो।

साथै ७ जना कारागार सुरक्षाकर्मीमा पनि कोरोना सं क्र मण देखिएको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ। सुरुमा त्यहाँका गार्डमा खोकी लाग्ने लगायत लक्षण देखिएका थिए। त्यसपछि सबैको परीक्षण गर्दा उल्लिखित संख्याका कै दी तथा जे लरमा कोरोना सं क्र मण देखिएको समाचारमा उल्लेख छ।

कोरोनाका कारण अहिलेसम्म २ हजार २ सय ४७ जनाको ज्यान गइसकेको छ भने ७६ हजार ७ १६ मा कोरोना सं क्र मण देखिएको छ। १८ हजार ४३८ जना भने उपचारपछि स्वस्थ भएको साउथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ।

Comments