बाँकेको कोहलपुरमा ८४ जनाले रक्तदान गरेका छन् । बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चले आयोजना गरेका रक्तदान कार्यक्रम ८४ जनाले रक्तदान गरेका छन् । प्रजातन्त्रको दिवसको अवसरमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष अमृत खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँके जिल्ला कार्यालय सदस्य रत्न खत्री, सुर्य ढकाल, युवा संघका केन्द्रीय सदस्य खेमराज शर्मा, कुश्माखर बस्याल, बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति दिनेश केसी, क्षेत्रिय सभापति सुमन घिमिरे लगायत प्राध्यापक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Comments