काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली यो वर्षको आफ्नो जन्मदिन जन्मघरमै पुगेर मनाउने भएका छन् । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिएका हुन् । फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले पुग्नेभएका छन् । पहिलो पटक प्रधानमन्त्री आफ्नो गाउँ आउन लागेको थाहा पाएर स्थानिय निकै उत्साहित भएका छन् ।

ओली जन्मिएको पहाडी घर विक्रिभइसकेको थियो । तर आफ्नो थातथलो संसक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किनेका थिए । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झरेका थिए। तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किनेका हुन् । बुबा मोहनप्रसादले पहाडको घर किन्ने आग्रह गरेपछि प्रधानमन्त्रीले बुवाको इच्छा पुरा गरेका हुन् ।

ओलीको झापाको दमकमा पनि घर छ। प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो। १२ वर्ष अघि म्रिगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली दोस्रो पटक पनि म्रिगौला प्रत्यारोपणको तयारीमा छन् । केही महिला अघि म्रिगौलाले काम गर्न छोडेपछि अहिले नियमित डायलासिसमा छन् । प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ । सोही बखत प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास गर्नेछन् ।

‘पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउने छन् । ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्नेछन्।

Comments