कोहलपुर, ७ फागुन । अनेरास्ववियुका नेताहरुले नै क्याम्पसहरुमा हुने स्ववियु निर्वाचनको विधी परिवर्तन गर्नुपर्ने माग राखेका छन् । उनीहरुले परिवर्तीत अवस्थालाई विद्यार्थी राजनीतिकले पनि समेट्नुपर्ने बताएका छन् । लामो समय सम्म बाँके लगायत देशभरी रहेका क्याम्पसहरुमा स्ववियू निर्वाचन नहुँदा समस्या बिद्यार्थीको समस्या सुन्ने र समाधानको लागि पहल गर्ने निकाय नभएको अनेरास्ववियु नेताहरुको भनाई छ ।

बाँकेका विद्यार्थीका नेता तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्वकेन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपनेले निर्वाचनको विधि परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले स्ववियु निर्वाचनको घोषणा भई स्थगित हुनु दुखद भएको भन्दै तत्काल निर्वाचनको वातावरण बनाउन माग गरेका छन् ।

स्ववियु २०२२ जेष्ठ १ गते स्थापना भएको हो । स्ववियुले विद्यार्थीको पाउनुपर्ने गुणस्तरीय शिक्षाका लागि राजनीतिक तवरले पहल गर्दै आएको छ । त्यसवाहेक क्याम्पसमा हुने शैक्षिक अनियमितताको नियमन समेत गर्दै आएको छ । यसले विश्व प्रतिष्पर्धी नागरिकको लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको उनको भनाई थियो ।

उनका अनुसार त्रिभुवन बिश्वविद्यालयद्वारा पुर्व घोषित स्ववियु निर्वाचनको मिति अनिश्चित कालीन रूपमा स्थगित गर्नु दुःखद् विषय बनेको छ । अब स्ववियु निर्वाचन गर्ने बिधि लाई नै परिवर्तन गरि सम्बन्धि क्याम्पसमा रहेका विद्यार्थीहरुको स्ववियू निर्वाचन गराउनु पर्ने उनले भने । यस्तै बाँगेश्वरी बहुमुखी क्याम्पसका अनेरास्वीयूका अध्यक्ष हेमन्त भट्राईले त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनलाई अनिश्चित रुपमा स्थगित भएकोले तुरुन्त निर्वाचन गराउनु पर्नेमा जोड दिएका थिए ।

यदि यसो नभएको खण्डमा विद्यार्थी संगठनहरुले निरन्तर रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बाध्य हुनेछौं उनले भने । क्याम्पसहरुमा स्ववियू निर्वाचन नहुँदा विद्यार्थीहरुले निकै समस्या पाउने गरेका छन्

Comments