बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ।

पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताएको छ। अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। चीन र देङ अमेरिकन नागरिक हुन् भने वेन अस्ट्रेलियन नागरिक भएको वासिङटन पोस्टले जनाएको छ।

जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए। स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।

कोरोना भाइरसका अधिकांश स’ङ्क्र’मण मध्यम ः अध्ययन

चीनमा नयाँ कोरोनाभाइरसबाट स’ङ्क्र’मित धेरैजसो मानिसहरूमा हल्का प्रकारका स’ङ्क्र’मणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको स’ङ्क्र’मणको जोखिम प्राय वृद्ध विरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन् ।

गत वर्ष मध्य चीनको वुहान शहरमा देखा परेकोले कोभिड–१९ को स’ङ्क्र’मण पुष्टि भएका एक हजार ९०० व्यक्तिको निधन भएको र अहिलेसम्म चीनमा करिब ७२ हजार व्यक्तिमा यसको स’ङ्क्र’मण पुष्टि भएको छ ।

चिनियाँ सरूवा रोग विशेष एक जर्नलमा प्रकाशित एक आलेखमा स’ङ्क्र’मण पुष्टि भएका, आशङ्का गरिएका, चिकित्सकीय परामर्श लिएका ७२ हजार ३१४ व्यक्तिको रोगको प्रकृतिबारे फेब्रुअरी ११ तारिखसम्म गरिएको अनुसन्धानबाट गरिएको थियो । अधिकांश विरामीले आफूलाई कतिवेला स’ङ्क्र’मण भयो भन्ने जानकारी नै नभएको तर लक्षणहरू देखा परेर अस्पताल पुग्दा समस्या जटिल भैसकेको भेटिएको जनाएका थिए ।

यो डिसेम्बरमा प्रकोप शुरू भएको नयाँ कोरोना भाइरसका बिरामीहरूमा गरिएको सबैभन्दा ठूलो अध्ययन भएको चिनियाँ अधिकारीले बताएका छन् । यहाँ रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सीसीडीसी)द्वारा गरिएको अध्ययनको रिपोर्टका अनुसार वृद्ध र कमजोर स्वास्थ्य भएका विरामीमा यसको स’ङ्क्र’मण धेरै देखिएको छ ।

अध्ययनले ८०.९ प्रतिशत स’ङ्क्र’मणलाई हल्का, १३.८ प्रतिशत समस्यालाई ग’म्भीर र ४.७ प्रतिशतलाई उच्च खतरायुक्त जोखिमका रूपमा वर्गीकृत गरिएको छ । स’ङ्क्र’मणबाट सबैभन्दा बढी ८० वर्ष र त्योभन्दा माथिको उमेर समूहका वृद्धवृद्धाको निधन भएको बताइएको छ । यो उमेर समूहका नागरिकको निधन कोरोना भाइरसबाट स’ङ्क्र’मित कूल प्रतिशतको १४.४ प्रतिशत रहेको जनाइएको छ ।

अध्ययन अनुसार मुटुसम्बन्धी बिरामीहरू नयाँ कोरोना भाइरसको जटिलताबाट मर्ने सम्भावना धेरै भेटिएको छ भने मधुमेह, दीर्घ श्वास रोग र उच्च रक्तचापका बिरामीहरूमा पनि जोखिम उच्च देखिएको छ ।

कोरोना भाइरसका कारण निधन हुनेमा नौ वर्षभन्दा तलका बालबालिका नरहेको भेटिएको छ । तर दुई शिशुमा उनीहरूको आमाबाट स’ङ्क्र’मण भएको थियो । त्यस्तै नौ देखि ३९ वर्ष उमेर समूहका नागरिकमा स’ङ्क्र’मणको प्रतिशत ०.२ रहेको उल्लेख छ । स’ङ्क्र’मणको जोखिम उमेरले जति पाको भयो त्यति बढी भेटिएको छ । नयाँ कोरोना भाइरसको स’ङ्क्र’मण ४० देखि ५० वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ६० वर्षमा १.३ र ६० देखि ७० वर्षमा ३.६ प्रतिशत र ७० देखि ८० वर्षका नागरिकमा ८.० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

स’ङ्क्र’मणका कारण निधन हुनेमा अध्ययनका लागि नमूना बनाइएका कूल विरामीको २.८ प्रतिशत पुरूष र १.७ प्रतिशत महिला रहेका छन् । भाइरसका कारण समग्रमा निधन दर २.३ प्रतिशत रहेको छ ।

स’ङ्क्र’मित व्यक्तिको ८६ प्रतिशत व्यक्ति कि त वुहानका वासिन्दा रहेको वा वुहान भ्रमण गरेका भेटिएको छ । वुहानको जङ्गली जनावरको मासु बेच्ने ‘सीफुड’ बजार नै समस्याको मुख्य कारण भएको बताइएको छ । समस्या उत्पन्न भएको भनिएको चीनको मध्यक्षेत्रको हुबेई प्रान्तको राजधानी र वरपरका क्षेत्रलाई जनवरी २३ गतेदेखि अन्य क्षेत्रको प्रत्यक्ष सम्पर्कबाट अवरूद्ध बनाइएको छ ।

रिपोर्टमा कूल तीन हजार १९ जना स्वास्थ्यकर्मीहरूको लक्षणका आधारमा स’ङ्क्र’मण परीणण भएको र यसमध्ये एक हजार ७१६ जनामा स’ङ्क्र’मण पुष्टि भएको छ । फेब्रुअरी ११ सम्ममा पाँच जना स्वास्थ्यकर्मीको निधन भएको थियो भने मङ्गलबार वुहानमा रहेको एक अस्पतालका निर्देशकको निधन भएको छ ।

त्थ्याङ्क अनुसार स्वास्थ्यकर्मीमध्ये एक हजार ६८८ लाई गम्भीर खालको स’ङ्क्र’मण देखिएको छ भने उनीहरूमध्ये अधिकांश अर्थात् ६४ प्रतिशत स्वास्थ्यकर्मी वुहानमा कार्यरत हुन् । तर स’ङ्क्र’मित स्वास्थ्यकर्मीको सङ्ख्या जनवरी २८ मा ३८.९ प्रतिशत पुगेकोमा फेब्रुअरीको पहिलो सातामा नै १२.७ प्रतिशत झरेको थियो ।

वुहानका एक आँखा रोग विशेषज्ञ लि वेनलियाङलाई भाइरसबारे बाहिरी बजारमा हल्ला फैलाएको भन्दै ‘अधिकारीले सजाय दिँएका कारण’ निधन भएको भन्ने पश्चिमी मुलुकका कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लि वेनलियाङलाई पनि कोरोनाको स’ङ्क्र’मणका कारण उपचार हुँदै गर्दा निधन भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

रोको प्रकोप जनवरी २४ देखि २६ सम्ममा उच्च विन्दुमा पुगेको तर पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख छ । नयाँ रोगी आउने क्रम फेब्रुअरी ११ पछि घट्दो क्रममा रहेको छ ।

नयाँ वर्ष मनाउन लाखौँ चिनियाँहरू घर फर्केका कारण भाइरस देशभर फैलिएको थियो । विज्ञहरूले धेरै मानिसहरू बिदाबाट फर्किदा देशले ‘महामारीको सम्भावित पलटाव’ को लागि तयारी गर्नुपर्ने चेतावनी दिएका छन् । कोरोनाभाइरसले ‘समय बित्दै जाँदा अझ बढी वि”षालु बन्न सक्छ’ भन्ने रिपोर्टले चेताउनी दिन्छ र डाक्टरहरुलाई ‘सतर्क रहन’ आग्रह गर्दछ ।

Comments