विराटनगर, ७ फागुन । उपसभामुखवाट राजिनामा दिए पछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेकी शिवमाया तुम्बाहाङ्फेले पार्टी प्रति दिएको अभिब्यक्ति फेरेकी छन् । सभामुखको दावी गर्दै आएकी शिवमायाले नेकपाले सभामुखका लागि अर्को उम्मेदवार तय गरेपछि कडा प्रतिवादमा उत्रिएकी थिइन् ।

पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन आग्रह गर्दा नमानेकी शिवमायाले मन्त्रीसंग दि नसाट्ने बताएकी थिइन् । पार्टीले कानुनमन्त्रीको जिक्केवारी दिएपछि उनको बोली फेरीएको छ । यद्धपी उनले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने बताएकीmछन् । विराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो प्रतिकृया दिएकी हुन् ।

‘यो धेरै वर्षदेखि गडेर बसेको हो, म खुलेर भन्छु, हामी पितृसत्ता हटाउने स्थानसम्म पुगेकै रहेनछौं’ उनले भनिन् ‘यसका लागि नेपालका हामी नेतृत्व मात्र नभई नागरिकमा चेतनाको विकास आवस्यक छ।

उपसभामुखबाट सभामुख हुन नसकि पदबाट राजीनामा दिनुलाई पाटीले पदच्यूत गरेको भनेर बुझ्‍न नहुने मन्त्री तुम्बाहाङ्फेको भनाइ छ। प्रधानमन्त्रीले मन्त्री बनाउने आश्वासन दिएको कुरा सार्वजनकि हुँदा मन्त्री पदसंग सभामु नसाट्ने प्रतिकृया दिएकी थिइन् । उनले महिला नेतृत्व अस्वीकार गर्ने पुरुषप्रधान समाजका कारण आफू सभामुख हुनबाट वञ्चित हुनेपरेको बताएकी थिइन् । तर अहिले आफूले संविधानत राजीनामा दिएको प्रतिक्रिया दिइन्।

Comments