एजेन्सी । उत्तर कोरियामा कोरोना भाइरसको संक्रमणमा परेका एक जनालाई मृ त्यु द ण्ड दिइएको खुलासा भएको छ । सरकारी अधिकारी रहेका उनलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृ त्यु द ण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ । दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारले सो कुरा उल्लेख गरेको छ ।

ती मानिसलाई नि य न्त्रण मा लिएर तत्कालै मृ त्यु द ण्ड दिइएको जनाइएको छ । मृ त्यु द ण्ड पाएका व्यक्ति चीन भ्रमणमा गएको र स्वदेश फर्केपछि उनलाई अलग्गै राखिएको थियो । त्यस्तै, उत्तर कोरियामा नै अर्का सुरक्षा अधिकारीले आफू चीन भ्रमणमा गएको कुरा लुकाएको आरोपमा उनलाई गाउँ पठाइएको छ ।

उनी उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय सुरक्षा निकायका अधिकारी हुन् । यसअघि उत्तर कोरियाले चीन भ्रमणबाट फर्केका जो कोहीलाई पनि ३० दिनसम्म क्वारेन्टाइनमा राख्ने घोषणा गरेको थियो ।

उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले जारी गरेको क्वारेन्टाइनबाट कुनै अनुमती बिना बाहिर निस्कन नपाउने आदेशलाई उनले नटेरी बाहिर निस्किएको बताइन्छ । उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन । स्रोतले बताए अनुसार उक्त देशमा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ ।

Comments