कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको निधन भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको निधन भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना स’ङ्क्रमित भएका समाचारमा जनाइएको छ । स’ङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ ।

गत डिसेम्बरबाट शुरु भएको यस कोरोना भाइरसको स’ङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस स’ङ्क्र’मण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । चीनमा फैलिएको प्रा’णघातक कोरोना भाइरस स’ङ्क्रम’णबाट आजसम्म कम्तीमा पनि एक हजार ७७७ जनाको ज्या’न गएको छ ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी स’ङ्क्र’मित भएका छन् । यसबाट स’ङ्क्र’मणबाट छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा निधन भएको छ ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरुले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरुले पनि यो स’ङ्क्र’मणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करिब ६५ हजार भन्दा बढी व्यक्ति स’ङ्क्र’मित भएका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।

त्यस्तै उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृ”’त्युद”ण्ड दिइएको खुलाास भएको छ ।दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृ”त्युद”ण्ड दिइएको हो ।

कोरोनाभाइरसबाट सं’क्रमित व्यक्तिले क्वारेन्टाइन नै नगरी सार्वजनिक स्नानगृह प्रवेश गरेको भन्दै मृ”’त्युद”ण्ड दिइएको बुझिएको छ । ती मानिसलाई नियन्त्रणमा लिएर तत्कालै मृ”’त्युद”’ण्ड” दिइएको जनाइएको छ । मृ”’त्युद”’ण्ड पाएका व्यक्ति चीन भ्रमणमा गएको र स्वदेश फर्केपछि उनलाई अलग्गै राखिएको थियो ।

उनी सरकारी अधिकारी रहेको समाचारमा उल्लेख छ । त्यस्तै, उत्तर कोरियामा नै अर्का सुरक्षा अधिकारीले आफू चीन भ्रमणमा गएको कुरा लुकाएको आरोपमा उनलाई गाउँ पठाइएको छ ।

उनी उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय सुरक्षा निकायका अधिकारी हुन् । यसअघि उत्तर कोरियाले चीन भ्रमणबाट फर्केका जो कोहीलाई पनि ३० दिनसम्म क्वारेन्टाइनमा राख्ने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट सं”’क्र”मित भएको आशंका गरिएका मानिसलाई केबल १४ दिन मात्र क्वारेन्टाइनमा राखे पुग्ने बताए पनि उत्तर कोरियाले म’हामारी फैलिन नदिन दोब्बर भन्दा बढी समय क्वारेन्टाइनमा राख्ने घोषणा गरेको हो ।उत्तर कोरियाले यसअघि नै कोरोनाभाइरस रोकथामका लागि चीनसँगको नाका ठप्प पारिसकेको छ ।

Comments