भारतको केरालामा अनुपाको साथमा फेलापरेका कुमार कार्की अहिले श्रीमती सावित्रासंग आफ्नो घर फर्केका छन् । उनले केरालामा भएको अन्तरवार्तामा अनुपा र सावित्री (चिनुमाया) दुवैजनालाई मिलाएर राख्ने बताएका थिए । अनुपाले पनि कुमारसंग नाम जोडेर बेइज्जत गरेका कारण कुमारकै साथमा बस्ने बताएकी थिइन् । तर नेपालमा फर्कीए पछि उनीहरुको सम्बन्धमा ट्वीष्ट आएको छ । नेपालमा आएपछि भने सावित्री (चिनुमाया) ले कुमारलाई स्वीकार्ने बताएपछि उनीहरुको सम्बन्धमा ट्वीष्ट आएको हो ।

अहिले भारी मन लिएर कुमार आफ्नै घरमा फर्कीएका छन् । अहिले चिनुमाया खुसी देखिन्छन् भने कुमार रोइरहेका छन् । नकुलको साथ छोडेर दुई छोरी सहित भारतको केरालमा कुमारसंग गएकी अनुपा नेपाल फर्किएपछि घर आएका हुन् । चिनुमायाले भने छोराको भविष्यका लागि आफुले यस्तो निर्णय गर्नुपरेको बताएकी छन् । सुरुमा फेसवुकवाट सुरु भएको मित्रता झांगिदै जाँदा परिवारमा समस्या आएको थियो । विवाह अघि देखि नै अनुपालाई अनेक ब्यक्तिसंग नाम जोड्दै शंकाको भावनाले हेर्ने नकुलले विवाह पछि कुमारसंग फेसवुकमा कुरा गर्न थालेको थाहा पाएपछि झन उनको रिस र शंका बढेको थियो ।

कुमारको श्रीमतीले पनि अनुपाको माइती र घरका सबै सदस्यलाई अनुपा आफ्नो श्रीमानसंग लागेको भन्दै नाम जोडेकी थिइन् । उनले सामाजिक सञ्जाल फेसवुकमा अनुपा र कुमारको फोटो राखेर दुई जना पैसा लिएर भागेको भनेर लेखेकी थिइन् । जसका कारण आफुहरुको बे’इज्जत भएको र नकुलले पनि ज्यान लिने सम्मको ध’म्की दिएपछि आफुहरु हिड्न बाध्य भएको उनीहरुको भनाई छ ।

घर पुगेका कुमारले आफुलाई अनुपाले नै आफ्नो घर परिवार सम्हालेर राख्नु भनेर सुझाव लिएका कारण अनुपालाई छोडेर सावित्रीलाई रोजेको बताएका छन् । मैले त छोड्न चाहेको थिइन कुमारले भने तर अनुपाले नै मलाई आफ्नै घर परिवार सम्हालेर बस्नु भनेर सम्झाएकी हुन् ।

अनुपाले म आफ्नो तरिकाले चल्छु तर नकुलसंग जाँदिन कुमार आफ्नो घर जान चाहन्छन् भने म रोक्दिन भनेर अनुपाले भनेका कारण सहमति जुटेको सावित्रीले भनिन् । अनुपाको दाईले पनि आफुलाई श्रीमान लिएर जानु र मिलेर बस्नु भनेर राम्रो सुझाव दिएको सावित्रीले बताइन् ।

Comments