फिल्म ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले चलचित्र विकास बोर्डका अध्यक्ष तथा फिल्म निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेकी छिन् । फिल्म ‘आमा’को तर्फबाट निर्मात्री पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, कलाकार मिथिला शर्माले स्वर्गीय केशव भट्टराईकी श्रीमती नीता भट्टराईलाई नगद १ लाख १ हजार सहयोग गर्दै आमाको मर्म बुझेर यो दुखद अवस्थामा केही राहात दिनका लागी सानो भएपनि सहयोग गरेकी हुन् ।

चलचित्र विकास बोर्डका भट्टराईको असमायिक निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर सामाजिक संजाल तथा संचार संस्थाबाट बाहिरिएसँगै भट्टराईको परिवारलाई सहयोग गर्ने मन जागेको निर्मात्री पाण्डेले बताइन् । उक्त रकम हस्तान्तरण गर्दै पाण्डेले भनिन् म पनि एउटी आमा भएकाले आमाको मर्म वुझेकी छु ।

सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्म आमामा आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा छ । जसमा सुरक्षा पन्त र मिथिला शर्माका अलावा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Comments